काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आम जनताको बचत गर्ने बानीको विकास गर्न सेन्चुरी रिकरिङ निक्षेप खाता सञ्चालनमा ल्याएको छ । नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित आम्दानी भएका कृषक, साना उद्यमी व्यवसायी, विप्रेषण (रेमिटान्स) प्राप्त गर्ने ग्राहकहरूलाई लक्षित गरी सेञ्चुरी रिकरिङ मुद्दती र सेञ्चुरी फ्लेक्सी फिक्सड नामक दुई निक्षेप खाता सञ्चालनमा ल्याएको हो ।
न्यूनतम एक हजार रुपैयाँमै खाता खोल्न सकिने र खातामा क्रमिकरूपमा थप रकम जम्मा गर्न सकिनेछ । सेञ्चुरी रिकरिङ मुद्दतीमा खाता खोल्दाकै बखतको ब्याज दर प्रदान गरिनेछ भने सेञ्चुरी फ्लेक्सी फिक्सड खातामा बैंकले समयसमयमा प्रकाशित गरेको मुद्दती निक्षेपअनुरूपको ब्याज प्रदान गरिनेछ । सेञ्चुरी बैंकका सम्पूर्ण शाखामार्फत खाता खोल्न सकिनेछ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले आफ्ना एक सय २९ वटा शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र एक सय १३ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।