काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थाहरूलाई सहयोग गर्दै आएको छ । सोही योजनाअनुसार बैंकले राप्ती गापा –०८, पिपरी, दाङस्थित निलसागर असाहाय अशक्त तथा ज्येष्ठ नागरिक पुनः स्थापना केन्द्र (निलसागर सेवा आश्रम)का लागि खाद्य वस्तुहरू, डस्टबिन तथा अन्य सामग्रीहरूका लागि सहयोग गरेको जानकारी दिएको छ ।
बैंकले निलसागर सेवा आश्रमलाई एक कार्यक्रमबीच उक्त सामग्रीहरू हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा बैंकका तर्फबाट सिसहनिया शाखाका प्रबन्धक दिपक कुमार पाण्डे र अन्य कर्मचारीहरूको उपस्थिति तथा निलसागर सेवा आश्रमका तर्फबाट आधिकारिक सदस्यहरूको उपस्थिति रहेको थियो ।
यो सहयोगबाट निलसागर सेवा आश्रम रहेर बसेका ज्येष्ठ नागरिक, अशक्त नागरिकको पुनः स्थापना गर्न मदत पुग्ने धारणा बैंकले लिएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै, यो सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरूको हितमा काम हुने विश्वास लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदिजस्ता सेवाहरू बैंकको शाखामा भौतिकरूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।