काठमाडौं । माछापुच्छ्रे बैंकले सुदूरपश्चिम प्रदेश, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३ राजपुरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको बिहीबार धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले एक कार्यक्रमका बीच उद्घाटन गरेको बैंकले जानकारी
दिएको छ ।
उक्त शाखा उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति रहेको थियो । नयाँ शाखासँगै कैलाली जिल्लामा माछापुच्छ्रेको शाखा संख्या चार पुगेको छ । देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३ राजपुरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । नयाँ शाखाहरूमार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरूको साथमा २४सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउनेछ ।
बैंकले हाल देशका सातवटै प्रदेशमा एक सय ६४ वटा शाखा, आठवटा एक्सटेन्सन काउन्टर, एक सय ५७ शाखारहित बैंकिङ सेवा, दुई सय तीनवटा एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।