जेरुसेलम । इजरायलमा सन् २०२१ मा विद्युतीय कारको संख्यामा करिब चार सय प्रतिशतले वृद्धि भएको आइतबार राज्यको केन्द्रीय तथ्यांक ब्यूरोले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा जनाइएको छ ।
उक्त रिपोर्टअनुसार इजरायलमा सन् २०२१ को अन्त्यमा विद्युतीय कारको संख्या १३ हजार नौ सय ३९ थियो जब कि सन् २०२० को अन्त्यमा यो संख्या दुई हजार सात सय ८३ थियो । गत वर्षको अन्त्यमा ट्रक, बस र मोटरसाइकलसहित इजरायलमा कुल विद्युतीय सवारी साधनको संख्या १६ हजार दुई सय ५१ थियो । यो वार्षिक वृद्धि दर सन् २०२० को अन्त्यमा अघिल्लो वर्षको तुलनामा चार हजार चार सय ९१ अर्थात् तीन सय ६२ देखिएको थियो ।
इजरायलमा ‘हाइब्रिड’ गाडीको संख्या ३४ प्रतिशतले वृद्धि भएको पनि प्रतिवेदनमा जनाइएको छ । सन् २०२० को अन्त्यमा हाइब्रिड गाडीको संख्या २२ हजार छ सय ६६ बाट २९ हजार छ सय ४४ पुगेको थियो । सन् २०२० मा छ प्रतिशत गाडीले आफूलाई परिमार्जन गरी विद्युतीय स्वरूपमा परिवर्तन गरेका थिए जुन् संख्या सन् २०२१ मा राज्यको सबै खालका सवारी साधनमा ७.८ प्रतिशतले वृद्धि भएको छ ।