काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र होटल आदम पोखराबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा ग्राहकहरूले होटल आदम पोखरामा उपलब्ध हुने सम्पूर्ण सेवाहरूमा एकमुष्ट २० प्रतिशत छुट पाउन सक्नेछन् ।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । होटल आदमले सेन्टर पोइन्ट, लेकसाइड, पोखराबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको छ । हालसम्म बैंकले ९७ शाखा कार्यालयहरू, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।