काठमाडौं, माघ २९
नेपाल बैंक लिमिटेडले मालपोत कार्यालय लहानमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । शुक्रबार बैंकका कामु सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का र मालपोत कार्यालय लहानका प्रमुख हरिनारायण चौधरीलेले संयुक्तरूपमा सेवाको औपचारिक शुभारम्भ गरेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।
एक्सटेन्सन काउन्टरको सेवा शुभारम्भ गर्दै कामु सहायक प्रमुख कार्यकारी अधिृकत खड्काले ग्राहकहरूको सुविधाका लागि नेपाल बैंकले काम गरिरहेको र मालपोत कार्यालयको एक्सटेन्सन त्यस्तै एउटा उदाहरण रहेको बताए । खड्काले प्रतिस्पर्धी बैंकको रूपमा ग्राहकलाई सेवा दिइरहेको बताउँदै आगामी दिनमा अझ उच्चस्तरको सेवा र सुविधा दिँदै जाने बताए । उनले बैंकको काउन्टरले मालपोत कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई राहत मिल्ने विश्वास व्यक्त गरे ।
शुभारम्भ कार्यक्रममा मालपोत प्रमुख चौधरीले सेवाग्राहीको हित हुनेगरी काउन्टर खोलिदिएको भन्दै बैंकको व्यवस्थापनलाई धन्यवाद दिए । सो अवसरमा नेपाल बैंकका प्रदेश नम्बर २ का प्रमुख प्रतिभा डंगोलले बैंकले अघिसारेका विभिन्न योजनाका बारेमा जानकारी गराएकी थिइन् । एक्सटेन्सन काउन्टरको शुभारम्भमा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत बलाराम दाहाल, सशस्त्र प्रहरीका डीएसपी अर्जुन सापकोटा, बैंकको लाहान शाखाको शाखा प्रबन्धक सुरेन्द्रप्रसाद यादवलगायत सहभागी रहेका थिए ।
बैंकका प्रवक्ता अधिकारीका अनुसार हाल बैंकले एक सय ७६ शाखा, २५ वटा एक्सटेन्सन काउन्टर र एक सय १६ एटीएम मेसिनबाट ग्राहकालाई सेवा प्रदान गरिरहेको छ । बैंकले चाँडै नै एटीएमको संख्या एक सय ४९ पु-याउन लागेको र २०७७ सालको असार मसान्तसम्ममा दुुई सय शाखाबाट सेवा प्रदान गर्ने अधिकारीले बताए ।