काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले हेफर नेपालसँगको सहकार्य तथा सम्बन्धित स्थानीय तहहरूसँगको समन्वयनमा गुल्मी जिल्लाको विभिन्न ग्रामीण स्थानहरू इस्मा, मालिका, मुसीकोटमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरू सञ्चालन गरेको छ । उक्त कार्यक्रममा सोही भू–भागमा बसोबास गर्ने विभिन्न पेशा तथा स्थानीयस्तरका सहकारीहरूमा आबद्ध महिलाहरूको उपस्थिति रहेको थियो । ग्रामीण भू–भागमा बसोबास गर्ने महानुभावहरूलाई बैंकिङ तथा वित्तीय जानकारी दिने हेतुले सञ्चालन गरिएको कार्यक्रममा करिब एक सय ५० भन्दा बढिको सहभागिता रहेको थियो ।
बैंक र हेफरको सहकार्यमा सञ्चालन भएको उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेलद्वारा सहभागीहरूलाई वित्तीय साक्षरताको आवश्यकता र बैंकिङ कारोबारको महत्वबारेमा विभिन्न सन्दर्भ सामग्रीहरूसहित जानकारी दिए । साथै, हेफर नेपालका प्रतिनिधिहरूले ग्रामीण भू–भागमा बैंक र बैंकिङ क्षेत्रले सोही स्थानमा बसोबास गर्ने मानिसहरूमा भएको सकारात्मक प्रभावको बारेमा जानकारी दिएका छन् । बैंकले ९७ शाखा कार्यालयहरू, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ ।