काठमाडौं । अनलाइन बजार दराजले नयाँ वर्ष अभियान घोषणा गरेको छ । कम्पनीले चैत २८ गतेदेखि नववर्षको सेल–नयाँ रहर नयाँ अफर सुरु हुने घोषणा गरेको हो । नयाँ वर्षको शुभ अवसरलाई लिएर दराजले आफ्ना ग्राहकहरुलाई आश्चर्यजनक डिलहरू, पाँच हजार रुपैयाँसम्मको भौचर, विशेष अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ एडिया एस लाइक स्कुटर जित्ने अवसर लिएर आएको छ । यस अभियानको लागि नेपाल बैंक लिमिटेड र दराजबीच सम्झौता भएको कम्पनीले जनाएको छ, यसबाट नेपाल बैंकका कार्डवाहकहरूले डेबिट प्रि–पेमेन्टमा १० प्रतिशत (अधिकतम एक हजार रुपैयाँ) र क्रेडिट कार्ड प्रि–पेमेन्टमा १५ प्रतिशत (अधिकतम एक हजार पाँच सय रुपैयाँ) सम्म छुटको मजा लिन सक्नेछन् ।
त्यस्तै सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, मुक्तिनाथ बैंक र सांग्रिला बैंकका कार्डवाहकहरूले डेबिट कार्डमा १० प्रतिशत (एक हजार रुपैयाँसम्म) छुट र क्रेडिट कार्ड अनलाइन प्रि–पेमेन्टमा १५ प्रतिशत (एक हजार पाँच सय रुपैयाँसम्म) छुटको मज्जा लिन सक्नेछन् । साथै, स्ट्यान्डर्ड चार्टर्ड बैंकका डेबिट/क्रेडिट कार्ड वाहकहरूले अनलाइन प्रीपेमेन्टमा १५ पतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यद्यपि यो अफर ११ अप्रिलदेखि १५ अप्रिलसम्म मान्य हुने कम्पनीको भनाइ छ ।