काठमाडौं । एनएमबी बैंकले किसान तथा सर्वसाधारण सेवाग्राहीहरूलाई सहज होस् भन्ने उद्देश्यले नरहा–३, सिरहास्थित हिमालय सुगर मिल्स परिसरमा ११औँ विस्तारित काउन्टर शुभारम्भ गरेको छ । हिमालय सुगर मिल्सको तर्फबाट महाबप्रबन्धकद्वय अवध किशोर यादव र एस एन कुशवाहा, एनएमबी बैंक लि.का मधेश प्रदेश प्रमुख कमल पोखरेलका साथै एरिया म्यानेजरहरू मिथिलेस कुमार झा, कमलेस प्रसाद यादव, अपरेसन म्यानेजर राजकुमार विश्वकर्मा, गोलबजार शाखाका प्रबन्धक सरोज यादव, कर्मचारी सञ्जीव झालगायत सर्वसाधारणहरूको उपस्थितिमा आयोजित एक कार्यक्रममाझ गत सोमबार हिमालय सुगर मिल्स परिसरमा विस्तारित काउन्टरको विधिवत् उद्घाटन भएको बैंकले जनाएको छ ।
उक्त काउन्टरको स्थापनापूर्व नै बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै गोलबजार शाखाबाट हालसम्म ४७ जना उखुकिसानहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइसकेको जनाएको छ । बैंकले उखु किसानहरूलाई सहजरूपमा कर्जा प्रवाह गर्ने उद्देश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग सम्झौता पनि गरिसकेको छ । शुभकामना मन्तव्यको क्रममा बैंकका प्रदेश प्रमुख पोखरेलले निजी क्षेत्रको सहकार्यअन्तर्गतको यो प्रक्रियामा यस भेगकै प्रतिष्ठित चिनी मिलले बैंकलाई विश्वास गरी सेवा प्रदान गर्न अवसर दिएकोमा धन्यवाद व्यक्त गर्दै अब यस विस्तारित काउन्टरबाट नगदरहित सेवा लिन हुन पनि सम्पूर्ण व्यक्तिहरूलाई अनुरोध गरेका छन् ।
बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर एसिया २०२१ उपाधिबाट सम्मानित भएको बैंक हो । बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर नेपाल प्राप्त गरिसकेको छ । बैंकले यसलगायत हाल देशभरि ११ एक्सटेन्सन काउन्टरहरू, दुई सय एकवटा शाखाहरू र एक सय ३९ वटा एटीएमहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै जानकारी दिएको छ ।