काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठले एक कार्यक्रमकाबिच सेञ्चुरी क्यालेण्डर २०७९ सार्वजनिक गरेका हुन् ।
वित्तीय साक्षरता अभिवृद्धि एवं डिजिटल कारोबार प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ वर्ष २०७९ को क्यालेन्डरमा निक्षेप, कर्जा, डिजिटल बैंकिङका माध्यमहरूलगायत विभिन्न बैंकिङ सेवाहरूलाई समावेश गरिएको छ । यसबाट वित्तीय साक्षरता र डिजिटल बैंकिङ सचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको बैंकले जानकारी दिएको छ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले आफ्ना एक सय २९ वटा शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र एक सय १३ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।