काठमाडौं । सेयर बजारमा पुरै हरियाली देखिएको छ । साताको पहिलो कारोबार दिन देखि नै लगातार ओरालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार भने ३५ दशमलव ६६ अंकले उकालो लागेर २४ सय ६४ दशमलव ३१ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव १३ अंकले उकालो लागेर चार सय ६३ दशमलव ७३ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्र्तगत दुई सय २४ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसअन्तर्गत ४२ हजार पाँच सय छ पटकको कारोबारमा ५४ लाख ४४ हजार सात सय ३८ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल सेयर कारोबार रकम दुई अर्ब १२ करोड १५ लाख ११ हजार दुई सय ८० रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहरु मध्ये सबै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार परिसुचक पुरै हरियो भएको छ ।