काठमाडौं । एसियन पेन्ट्स नेपालले आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिताका विजेताहरु घोषणा गरेको छ । कम्पनीले आयोजना गर्दै आएको वार्षिक कार्यक्रम क्यालिडो स्कोपकोे २०२१–२२ संस्करणले नेपालका आर्किटेक्टहरूको प्रतिभालाई प्रवर्द्धन र प्रदर्शन गर्न अझ सशक्त बनाएको बताइएको छ ।
प्रतियोगिताको विजेता भएकी आईओर्ई पुल्चोक क्याम्पसकी रोजिता अवाले ७० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् । यस्तै फर्स्ट रनर अप भएका एक्मे इन्जिनियरिङ कलेजका प्रशान्त देशारले ४० हजार, सेकेन्ड रनर अप भएका काठमाडौं इन्जिनियरिङ कलेजका अनिल कुँवरले ३० हजार र दुई सान्त्वना पुरस्कार विजेताहरू आईओई पुल्चोक क्याम्पसका अभिषेक महर्जन र काठमाडौं इन्जिनियरिङ कलेजकी प्रिया श्रेष्ठले जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए ।