काठमाडौं । ज्योति विकास बैंकले बिहीबार लहान र कटारीमा थप दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पु¥याउने उद्देश्यका साथ नयाँ शाखाहरू सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ ।
लहान नगरपालिका वडा नं. ८ सिरहास्थित लहान शाखाको समुद्घाटन लहान उद्योग वाणिज्य संघका अध्यक्ष अशोकलाल अमात्य र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्तरूपमा गरेका हुन् । साथै कटारी नगरपालिका वडा नं. ४ उदयपुरस्थित कटारी शाखाको समुद्घाटन कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्का र बैंकका सञ्चालक सुरेन्द्र बहादुर नेपालीले संयुक्तरूपमा गरेको बैंकले जानकारी दिएको छ । उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरू, बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरू, ग्राहक वर्ग तथा स्थानीय व्यवसायीहरूको पनि उपस्थिति थियो ।
नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले लहान र कटारी शाखाका ग्राहकहरूको निमित्त शून्य मौज्दातमै क्यूआर कोड, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरोसेयर रजिस्ट्रेसन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिङ सेवा, निःशुल्क इन्टरनेट बैंकिङ सेवा, सबै मुद्दती निक्षेपहरूमा साप्ताहिक मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा शून्य दशमलव २५ प्रतिशत छुटलगायत विभिन्न सुविधाहरू प्रदान गर्ने भएको छ ।