क्वालालम्पुर । गोल्डम्यान स्याक मलेसियाका पूर्वप्रमुख विश्वकै ठूलोमध्येएको एक भ्रष्टाचारकाण्डमा सहयोग गरेको मुद्दामा दोषी ठहर भएका छन् । अमेरिकी न्यायिक टोलीले संस्थापक रोजर एनजीलाई उक्त मुद्दाको सबै अभियोगमा दोषी पाएको हो । उक्त काण्ड मलेसियाको १एमडीबी सार्वभौम सम्पत्ति कोषको अर्बौँ डलर लुटिएको थियो ।
उक्त काण्डमा न्यायिक अनुसन्धानको दायरामा आउने एकमात्र गोल्डम्यान स्याक बैंकर हुन् । उक्त काण्डले मलेसियाली राजनीतिमा हलचल ल्याएको थियो भने बैंकले अर्बौँ डलर जरिवाना तिर्न बाध्य भएको थियो । यद्यपि उनले उक्त आरोप स्वीकारेका भने छैनन् ।
एनजीका कानुन व्यवसायीले उनी निर्दोष भएको भन्दै सरकारको साक्षी बसेका टिम लेइसनरको विश्वसनीयतामा प्रश्न उठाएका थिए । टिम त्यतिबेला बैंकका सीईओ रहेका थिए भने उनले सन् २०१८ को उक्त काण्डमा दोष स्वीकारेका थिए । तर झण्डै दुई महिने सुनुवाइपछि न्युयोर्कको न्यायिक मण्डलले एनजीलाई सम्पत्ति शुद्धीकरणको षड्यन्त्र गरेको र भ्रष्टाचारविरोधी कानुन उल्लंघन गरेको ठहर गरेको थियो ।
अमेरिकी अभियोजनकर्ताले उक्त निर्णयलाई कानुनको विजय भए भन्दै मलेसियालीहरुको लागि नै विजय भएको बतााएका छन् । यो मुद्दा सन् २०१२ र १३ मा गोल्डम्यानले व्यवस्थापन गरेको बन्ड सम्झौतामा भएको थियो । त्यतिबेला सार्वजनिक विकास परियोजनामा लगानीका लागि बनाइएको १एमडीबी कोषलाई साढे छ अर्ब डलर उठाइएको थियो । अधिकारीहरुले कोषको चार अर्ब बढी डलर चोरिएर अन्यत्र खर्च गरिएको बताउँदै आएका छन् ।