काठमाडौं । लुना रेस्टुरेन्ट एण्ड बारले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । स्थापनाको तेस्रो वर्ष प्रवेश गरेको अवसरमा एक दिने बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको रेस्टुरेन्टका प्रबन्ध निर्देशक सुमन महर्जनले जानकारी दिए ।
महर्जनका अनुसार रगतको अभावमा कोही कसैले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने अभिप्रायले आफ्नो वार्षिकोत्सवको अवसर पारी हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गरिने बताए । रक्तदान नै जीवनदान भन्ने मूल नाराको साथ भएको उक्त कार्यक्रममा रगत संकलनमा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी काठमाडौं शाखाले गरेको थियो ।