काठमाडौं । पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा त्रिवेणी समूहअन्तर्गतको अल्फा अटोमोटिभ प्रालिले रोयल इनफिल्डका राइडर प्रमोद श्रेष्ठलाई सम्मान गरेको छ ।
कम्पनीका कार्यकारी निर्देशक हर्ष संघाईले कम्पनीका राइडर गुफीको नामबाट प्रख्यात प्रमोद श्रेष्ठलाई सम्मान गरेका हुन् । श्रेष्ठ रोयल इनफिल्डको अनुभवी र एकमात्र सबैभन्दा खारिएको राइडर हुन् । श्रेष्ठले रोयल इनफिल्ड मोटरसाइकलबाट म्यानमार, तिब्बत, भुटान र इन्डियाको सफल यात्रा गरेका छन् । सन् १९९५ मा २२ घण्टा २८ मिनेटको समयावधिमा रोयल इन्फिल्ड ३५० सीसीबाट पूर्व–पश्चिम राजमार्ग (मेची– महाकाली) चलाएर यात्रा गरी उनले कीर्तिमान समेत कायम गरेका थिए ।
यस्तै कम्पनीले श्रेष्ठलाई सगरमाथा आरोहण ‘८८४८ बालिकालाई बालविवाहविरुद्ध शिक्षा’ अभियानलाई सफल बनाउन पाँच लाखको चेक हस्तान्तरण गरेको छ । साथै उक्त कार्यक्रममा रोयल इनफिल्डको झण्डा समेत सगरमाथाको शिखरमा पु-याउनका लागि संघाईले श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।