काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई दराज र सस्तो डिलमा नयाँ वर्षमा विशेष छुटसहितको योजना ल्याएको छ । नेपालीहरूको नयाँ वर्ष २०७९ लाई लक्षित गरी बैंकले कार्डवाहकहरूले दराजबाट आफूलाई आवश्यक सामान खरिद गर्नुपरेमा आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशतसम्मको छुटको सुविधा उपयोग गर्नसक्ने बैंकले जानकारी दिएको छ ।
बैंकको कार्डवाहकहरूले यस योजनाबाट आफूलाई आवश्यक सामान दराजबाट खरिद गरी अनलाइन माध्यममार्फत प्रि–पेमेन्ट गर्दा बैंकको क्रेडिट कार्ड प्रयोग गरेमा १५ प्रतिशत वा अधिकतम १५ सय रुपैयाँ र डेबिट कार्ड प्रयोग गरेमा १० प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म छुटको पाउन सक्नेछन् ।
साथै, कार्डवाहकहरूले सस्तो डिलमा आफूलाई आवश्यक सामान खरिद गरी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गरेमा २० प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । नयाँ वर्षको योजनामा बैंकको कार्डवाहकहरूले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिशतसम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरू खरिद गर्न सक्नेछन् । बैंकले हाल ९७ शाखा कार्यालयहरू, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।