किभ । रुसको आक्रमणको प्रतिरक्षा गरिरहेको युक्रेनले रुसबाट हुने सबै आयातमाथि प्रतिबन्ध लगाएको छ । रुस जारी आक्रमणअघिसम्म युक्रेनको मुख्य व्यापार साझेदार थियो । रुससँग उसले वार्षिक छ अर्ब अमेरिकी डलरको व्यापार गर्दै आएको थियो । युक्रेनले रुससँगको व्यापार तोडेर कडा आर्थिक प्रतिबन्ध लगाउन अन्य देशहरुलाई पनि आग्रह गरेको छ ।
‘आज हामी आधिकारिकरुपमै रुससँगको व्यापार पूर्णरुपमा खारेज गर्न आग्रह गर्छौँ’, युक्रेनी अर्थमन्त्री युलिया सारिदेन्कोले उनको फेसबुक पेजमा लेखेकी छिन्, ‘अहिलेदेखि नै रुसका कुनै पनि उत्पादन हाम्रो देशमा आयात हुनेछैन । रुसको आक्रमण सुरु भएयता नै दुई देशबीच वस्तु आयातनिर्यात भएको छैन । तर शनिबारको कदमसँगै आयातसम्बन्धी एउटा कानुन अर्थविहीन भएको छ ।