काठमाडौं, फागुन १
सानिमा बैंक लिमिटेडले सानिमा नारी बचत खाता सञ्चालनमा ल्याएको छ । ‘बचत आफ्नो लागि सहयोग नारीको लागि’ भन्ने उद्देश्यका साथ बैंकले ल्याएको योजनामा हरेक नारी बचत खाताबापत बैंकले आफ्नो तर्फबाट मासिकरूपमा एक रूपैयाँ विपन्न वर्गका महिलाको उत्थान तथा स्वास्थ्य उपचारमा उपयोग गर्दै आएको छ । महिलाले आफ्नो लागि नारी बचत खाता खोल्दा सो खाताबाट नारीकै हितको लागि रकम प्रयोग गरिने हुनाले हरेक नारीले सानिमा बैंकमा खाता खोल्दा अप्रत्यक्षरूपमा अन्य विपन्न वर्गका नारीको लागि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
यससँगै प्रविधियुक्त बैंकिङ तथा नगदरहित कारोबारलाई प्रोत्साहन गर्नको लागि बैंकका नारी खातावाहक ग्राहकले बैंकको डेबिट कार्डबाट बिल भुक्तानी गर्दा हरेक शनिबार १५ प्रतिशत क्यास ब्याक वा अधिकतम पाँच सय रूपैयाँसम्म छुट प्रदान गर्ने भएको छ । जसबाट हरेक महिना सामान खरिदमा दुुई हजार रूपैयाँसम्म बचत गर्न सकिनेछ । उक्त क्यास व्याक योजना २०७६ फागुनदेखि २०७७ वैशाखसम्म तीन महिनाको लागि लागू हुनेछ ।