काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरूले नयाँ वर्षमा दराज डटकमबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् । मेगा बैंक र दराजबीच भएको सम्झौताअनुसार, मेगा बैंकका कार्ड प्रयोगकर्ताहरूले २०७८ चैत्र २८ गतेदेखि सीमित समयका लागि डेबिट कार्डमार्फत अग्रीम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजार रुपैयासम्म छुट पाउनेछन् । यसैगरी, क्रेडिट कार्डमार्फत अग्रीम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १५ सयसम्मको छुटको व्यवस्था गरिएको छ । छुट सुविधाका लागि ग्राहकहरूले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्छ । आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डका लागि आजै आवेदन दिन सकिने मेगा बैंकले जनाएको छ ।
नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले मेगा बैंकले यो सम्झौता गरेको हो । दराज डटकमको बेभसाइट तथा मोबाइल एप्समार्फत सामान अर्डर गरी घरमै सामान प्राप्त गर्न सकिनेछ । दराजसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षितरूपमा विनाझन्झट घरमै बसी सामान खरिद गर्न मेगा बैंकले ग्राहकहरूलाई अनुरोध पनि गरेको छ । मेगा बैंकले डिजिटल बैंकिङ अन्तरगत नगदविहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राख्दै आएको जानकारी दिएको छ ।