काठमाडौं । ग्रेट वाल मोटर (जीडब्लुएम) नेपालले नयाँ वर्ष २०७९ को अवसरमा ग्राहकहरुको लागि ‘ग्रेट ड्राइभ ग्रेट डिल’ अफर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार चार लाख रुपैयाँसम्मको क्यास डिस्काउन्ट, निःशुल्क एक्सेसोरिज, एक्स्चेन्ज बोनस, निःशुल्क इन्स्योरेन्स, रोड ट्याक्स, स्पट भ्यालुएसन र कुनै पनि जीडब्लुएम गाडीहरुको टेस्ट ड्राइभ गर्दा फ्रिबिजहरु ‘ग्रेट ड्राइभ ग्रेट डिल’ योजनाअन्तर्गत प्रदान गरिनेछ ।
यो योजना हाभाल एच६, हाभाल जोलायन र पोअर गाडीहरुमा उपलब्ध छ । थप रुपमा, ग्राहकहरुले वैशाख ३१ सम्म देशभर उपलब्ध बिक्री च्यानलहरु र जीडब्लुएम–नेपालको नेटवर्कहरुमार्फत प्रदान गरिएका सुविधाको फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ । (आर्थिक दैनिकबाट)