काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले पाल्पा जिल्लाको रम्भा गाउँपालिका हुँगीमा नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ । नयाँ एक्सटेन्सन काउन्टर सुरु भएसँगै बैंकका एक्सटेन्सन काउन्टरहरूको संख्या ५१ पुगेको छ ।
सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । एक्सटेन्सन काउन्टर सञ्चालन आएसँगै स्थानीय बासिन्दाले सहजरूपमा सम्पूर्ण बैंकिङ सेवा लिन सक्नेछन् ।
बैंकले मुलुकभर दुई सय ८८ वटा शाखा, दुई सय ७५ वटा शाखारहित बैंकिङ सेवा, दुई सय ५७ वटा एटीएम तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत २८ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।