काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले कम्पनीको २०औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीको गत बुधबार सम्पन्न उक्त साधारणसभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।
आव २०७७–०७८ मा कम्पनीले विभिन्न बीमा व्यवसायअन्तर्गत दुई अर्ब ३५ करोड ९५ लाख ६८ हजार बीमाशुल्क आर्जन गरेकोे थियो भने चालू आवको साधारणसभाको दिनसम्म कम्पनीले एक अर्ब ९२ करोड बीमा शुल्क आर्जन गरी सकेको जानकारी गराइयो ।
सभाले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब १२ करोडकोे १५ प्रतिशत बोनस सेयर जारी गर्ने तथा कर प्रयोजनार्थ शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश प्रदान गर्ने र मर्जरसम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको जानकारी दिएको छ