काठमाडौं । साताको सुरुवाती कारोबार दिन आईतबार नै सेयर बजार परिसुचक ओरालो लागेको छ । आज बजार परिसुचक २९ दशमलव छ बिन्दुले ओरालोा लागेर २३ सय ८५ दशमलव ६४ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँँच दशमलव १२ अंकले ओरालो लागेर चार सय ५० दशमलव ९७ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३३ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २९ हजार ४४ पटकको कारोबारमा ३४ लाख सात हजार दुई सय ७२ कित्ता सेयर किनबेच भएको छ । सोही अनुरुप आज कुल कारोबार रकम एक अर्ब ४४ करोड सात लाख २३ हजार एक सय ८२ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहरु मध्ये सबै उपसमुसहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।