कोलम्बो । गहिरो वित्तीय एवं राजनीतिक संकटमा गुज्रिरहेको श्रीलंकामा आगामी हप्ता पाँँच दिन सेयरबजार बन्द हुने भएको छ । कोलम्बो स्टक एक्सचेन्जमा एक हप्ता कारोबार बन्द हुनलागेको श्रीलंकाा प्रतिभूति एवं विनिमय आयोग (एसईसी) ले शनिबार एक प्रेस विज्ञप्तिमार्फत यस्तो जानकारी दिएको हो ।
आयोगले लगानीकर्तालाई बजारबारे अझ स्पष्टता र जानकारीका लागि मौका दिने हेतुले सोमबारदेखि शुक्रबारसम्म कारोाबार बन्द गर्ने निर्णय गरेको जनाएको छ । यसको अर्थ १८ अप्रिलदेखि २२ सम्म कोलम्बो सेयर बजारमा कारोबार अस्थायी रुपमा बन्द हुनेछ । कोलम्बो स्टक एक्सचेन्जका निर्देशक मण्डलले एक दिनपहिले एसईसीबाट कारोबारलाई अस्थायी रुपमा बन्द गर्न अनुरोध गरिएको थियो । सोही कारण श्रीलंकाको अहिलेको परिस्थितिलाई कारण मानिएको छ ।
एसईसीले यो निर्णयपहिलो केही हप्तायता श्रीलंकामा जारी भारी आर्थिक संकट र त्यसपछि सुरु भएको राजनीतिक अस्थिरतालाई कारण मानेको छ । श्रीलंकासँग इन्धन र दैनिक उपभोग्य वस्तु खरिदको लागि आवश्यक विदेशी मुद्राको पनि भारी कमी भएको छ । विदेशी मुद्रा सञ्चिति अभावसँगै श्रीलंका सरकारले विदेशी ऋण भुक्तानी हाललाई स्थगित गरेको छ । आर्थिक संकट गहिरिँदै गर्दा सडकमा उत्तिकै विरोध प्रदर्शन चर्किएको छ । प्रदर्शनकारीहरुले राष्ट्रपति गोताबाय राजपक्षेको राजीनामा माग गरिरहेका छन् ।