काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको शिशुवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत लक्ष्मी आदर्श युवा क्लब, पोखरा २७ र ३० ज्यामिरकुना, शिशुवालाई डस्टबिन सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिँदै बैंकको शिशुवा शाखाले लक्ष्मी आदर्श युवा क्लबलाई १० थान डस्टबिन हस्तान्तरण गरेको जानकारी दिएको छ ।
शिशुवा वरपर रहेको फोहोरमैला व्यवस्थापनमा सहज होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत डस्टबिन हस्तान्तरण गरिएको बैंकका शिशुवा शाखा प्रबन्धक विमल बास्तोलाले जानकारी दिए । एक विशेष कार्यक्रमका बीच बैंकका शिशुवा शाखाका प्रबन्धक बास्तोलाले युवा क्लबका अध्यक्ष निर्भान देवानलाई डस्टबिन हस्तान्तरण गरेका हुन् । सोही कार्यक्रममा बोल्दैै युवा क्लबका अध्यक्ष निर्भान देवानले विगतदेखि नै महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्यहरू प्रभावकारीरूपमा सञ्चालन गर्दै आएको बताए । स्थानीय नगरवरपर फोहरमैला व्यवस्थापनमा सहजता होस् र वातावरणलाई स्वच्छ तथा सुन्दर बनाउन मदत पुगोस् भन्ने हेतुले डस्टबिन वितरण गरिएको कुरा बैंकले जनाएको छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल एक सय तीनवटा शाखाहरूमार्फत करिब छ लाख ग्राहकहरूलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ ।