काठमाडौं । आशा फर चिल्ड्रेन फाउन्डेसनले भक्तपुर सूर्यविनायक नगरपालिका १० स्थित चितपोलमा विद्यालय भवन निर्माण गरेको छ । बालबालिकाका लागि शिक्षा भन्ने नाराका साथ फाउन्डेसनद्वारा सञ्चालित आशा शिक्षा सदनको निर्माणसम्पन्न विद्यालय भवनको आइतबार उद्घाटन गरिएको हो । सो अवसरमा विद्यालय प्रधानाध्यापक डा. मलिका प्रसाईंले विद्यालयमा दुई सस्थाका करिब ६७ जना बालबालिका रहेका र निकट भविष्यमा सस्थाको पहुँच ७७ जिल्लामा पु-याउने लक्ष्य रहेको बताइन् ।
हाल युकेजीका बालबालिका रहेकोमा क्रमिक रुपमा विद्यार्थी थपिएसँगै थप कक्षा सञ्चालन गर्दै विद्यालयलाई १२ कक्षासम्म पु-याइने पनि उनले जानकारी दिइन् । फाउन्डेसनसँंगै जर्मनीमा रहेको संस्थाले नेपालमा शिक्षाको ज्योति फैलाउन जर्मन नागरिक हेरिबर्थ विर्थ तथा मार्गीर्थ विर्थ समूहको सहकार्यमा विद्यालयको भौतिक संरचना निर्माण गरिएको हो । आशा शिक्षा सदन करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको छ । असहाय तथा गरिब बालबालिकाको शिक्षामा समर्पित आशा २० मार्च २०२२ देखि सञ्चालन आएको हो । उक्त विद्यालयमा हाल ६७ जना बालबालिका रहेका छन् । जर्मन नागरिक हेरिबर्थ विर्थ तथा मार्गीर्थ विर्थ धर्म नाति अदित नामबाट विद्यालयको नामकरण गरिएको छ ।