काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा आईएमईले ‘आईएमई २०७९ मा २०७९’ नामक सेवाग्राहीमैत्री व्यापार प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ । यो योजना १ वैशाख २०७९ देखि ३१ वैशाख २०७९ (१४ अप्रिल, २०२२ देखि १४ मे, २०२२) सम्म जम्मा ३१ दिनका लागि कायम रहने कम्पनीले जानकारी दिएको छ ।
सोही योजना आईएमई ग्रुपको काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयको एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो । कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्दै आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले पर्व वा विशेष अवसरलाई लक्षित गरी तयार पारिएको यस्ता सेवाग्राहीमुखी व्यापार प्रवर्द्धनात्मक कार्यक्रमले सेवाग्राही र आईएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका खेल्दै आएको अनुभव रहेकाले यस्ता योजनाहरू विगतमा जस्तै आम सेवाग्राहीहरूको उल्लेख्य सहभागिता हुने विश्वास व्यक्त गरेका छन् ।
‘आईएमई २०७९ मा २०७९’को १ महिने योजनाअन्तर्गत विदेशबाट आईएमईमार्फत पठाइएको रकम नेपालभरि छरिएका एजेन्ट/सबएजेन्ट आउटलेटमार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आईएमई–पे मोबाइल वालेटमा प्राप्त गर्दा हरेक हप्ता १५ जना विजेता रहने गरी यो योजना अवधिभरि जम्मा ६० जना भाग्यशाली विजेताहरूले प्रतिव्यक्ति दुई हजार ७९ रुपैयाँ र बम्परमा एक भाग्यशाली विजेतालाई दुई लाख सात हजार नौ सय रुपैयाँ प्रदान गरिने जानकारी पनि कम्पनीले दिएको छ । यो योजनामा सहभागी भएका सेवाग्राहीहरूमध्ये कुल ६१ जना विजेताहरू लाभान्वित हुनेछन् भने यसका विजेताहरू सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणालीद्वारा निर्धारण गरिनेछ । यो योजनाको नतिजा कम्पनीका आधिकारिक सामाजिक सञ्जाल पेजहरू, वेबसाइट एवं सञ्चारका माध्यममार्फत सार्वजनिक गरिनेछ । योजना अवधिका लागि निर्धारित सेवा वा सर्तहरू लागू गरिनेछ ।
आईएमई लिमिटेडका बारेमा : आफ्नो स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु-याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २१औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी दुई सय २५ आईएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।
‘आईएमई–पे’को बारेमा : ‘आईएमई–पे’ आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । झन्डै ३५ हजार एजेन्ट आउटलेट सञ्जाल भएको ‘आईएमइ–पे’ आईएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली–२०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आईएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
आईएमई डिजिटलले ‘आईएमई–पे’ ब्राण्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मदतबाट सेवाग्राही आफैँले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायासी तथा कार्यालयका बिलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।
आईएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त नेपालीलगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु-याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यासब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका बिल भुक्तानी एवं जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आईएमई–पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो ।