काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदाबीबापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीका अनुसार लुम्बिनी अञ्चल नवलपरासी जिल्ला विनयी त्रिवेणी गाउँपालिका वडा नं. ०३ मा बसोबास गर्ने स्व. सुमन राना मगरको मृत्युपश्चात् बीमितका इच्छाएको व्यक्ति श्रीमान् इन्द्रबहादुर राना मगरलाई सावधिक जीवन बीमा गराएबापत बीमा दाबी रकम पाँच लाख ९३ हजार तीन सय २० रुपैयाँबराबरको चेक हस्तान्तरण गरेको हो ।
कम्पनीको नारायणगढ शाखाका शाखा प्रमुख ओमकार सिग्देल, कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजरसहितको टिमले यही वैशाख एक गते बुधबार नारायणगढ शाखामा एक कार्यक्रमबीच चेक हस्तान्तरण गरे । स्व. सुमन राना मगरको केही समय अगाडि क्यान्सर रोगको कारण निधन भएको थियो, उनले दुई वर्ष अगाडि सिनियर एजेन्सी म्यानेजर कमला सुनारीमार्फत पाँच लाखको सावधिक जीवन बीमा गरेका थिए । शाखा प्रमुख सिग्देलले जीवन बीमा सम्बन्धी जनचेतना पहिलेको तुलनामा उल्लेख्य मात्रामा वृद्धि भएको र यो बचत मात्र नभई आर्थिक क्षतिविरुद्धको लागि महत्वपूर्ण भएकोले सबैलाई आवश्यक भएको पनि बताए ।