काठमाडौं । राउन्ड टेबल नेपालले वैशाख तीन गते आयोजना गरेको ‘कर्पोरेट फुटसल च्यालेन्ज २०७९’ प्रतियोगिताको उपाधि सिद्धार्थ बैंकले जित्न सफल भएको छ ।
शनिबार महाराजगञ्जस्थित ढुकु फुटसल मैदानमा भएको फाइनल खेल निर्धारित समय सम्ममा आइपुग्दा एक एक गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा प्रतिस्पर्धी टिमलाई तीन दुई गोलले हराउँदै सिद्धार्थ बैंकले उपाधि जितेको हो ।
टाइब्रेकरमा सिद्धार्थ बैंकको तर्फबाट शान्ति राम कार्की, राजु श्रेष्ठ र राम सुन्दर कोजुले गोल गरेका थिए । उक्त फुटसल प्रतियोगितामा सिद्धार्थ बैंकको तर्फबाट दिपेन्द्र खड्का उत्कृष्ट गोलरक्षकका रूपमा पुरस्कृत भएका थिए ।