नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या झण्डै ९० प्रतिशतले वृद्धि भएको छ । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा रहेको ओमिक्रोनको संक्रमण पछिल्लो केही दिनदेखि फेरि बढ्न थालेको छ सोमबार दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक हजार एक सय ५० जना संक्रमित भएका छन् ।
त्यसैगरी पछिल्लो एक दिनमा एक हजार नौ सय ८५ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले ११ हजार पाँच सय ४२ जना सक्रिय संक्रमितहरु रहेका छन् । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएर संक्रमणमुक्त भइसकेकाहरुको संख्या चार करोड २५ लाख १० हजार सात सय ७३ पुगेको छ । कुल संक्रमितमध्ये ९८.७६ प्रतिशत संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म पाँच लाख २१ हजार नौ सय ६५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । रासस/एएनआई