काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दुई दिन लगातार ओरालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार भने १३ दशमलव ३७ अंकले उकालो लागेर २३ सय ५७ दशमलव २४ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६१ अंकले उकालो लागेर चार सय ४७ दशमलव ७६ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २९ वटा कम्पनीहरुको सेयर खरिद– बिक्री भएका छन् । जसअन्तर्गत २७ हजार आठ सय ४१ पटकको कारोबारमा ३२ लाख १३ हजार एक सय ९५ कित्ता सेयर किनबेच भएको छ । उक्त किनबेचको आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब ३२ करोड ६८ लाख ६५ हजार नौं सय ३२ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका उपसमुहरु मध्ये सबै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार परिसुचक पुरै हरियो भएको छ ।