काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र ए टु जेट अनलाइन बजारबीच सम्झौता भएको छ । सम्झौता फाइनान्सको शाखा कार्यालय पुतलीसडक, काठमाडौंमा भएको हो । यो सम्झौतापछि फाइनान्सका ग्राहकहरूले ए टु जेट अनलाइनबजारबाट ल्यापटप, मोबाइल, टीभी र अन्य विद्युतीय सामानहरू खरिद गर्दा अधिकतम २० हजारसम्म वा १२ दशमलव पाँच प्रतिशतसम्म छुट पाउनेछन् । उक्त सुविधा मोबाइल बैंकिङ, डेबिट कार्ड, कनेक्ट आईपीएस, नेपाल–पे क्यूआर कोड प्रयोग गरी उक्त छुट प्रदान गरिने संस्थाका व्यवसाय प्रवर्द्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् ।
फाइनान्सले मुद्दती निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधित्तम १० प्रतिशतसहित आर्कषक ब्याजदरसहितका विभिन्न बचत खाताहरू समेत सञ्चालनमा ल्याएको छ । फाइनान्सले हाल पाँचवटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।