काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन १३ अंकले उकालो लागेको बजार परिसुचक साताको चौथो कारोबार दिन आज बुधबार भने ३६ दशमलव ७३ अंकले ओरालो लागेर २३ सय २० दशमलव ५१ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ६९ अंकले ओरालो लागेर चार सय ४१ दशमलव शुन्य आठ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २८ वटा कम्पनीहरुको ३२ हजार पाँच सय छ पटक सेयर किनबेच भएको छ । जसअन्तर्गत ३५ लाख ७० हजार १४ कित्ता सेयर खरिद बिक्री भएको छ । सोही खरिद बिक्रीको आधारमा आज कुल कारोबार रकम एक अर्ब ४५ करोड ८७ लाख ३७ हजार सात सय ५५ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।