काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेख पुनर्जागरणसम्बन्धी अभियान सञ्चालन गरेको छ । कम्पनीले जारी भएका तर हालसम्म नवीकरण नभएका इन्स्योरेन्स बीमालेखहरूका लागि पुनर्जागरण अभियान सुरु गरेको हो । कम्पनीबाट जारी भएका बीमालेखहरू नवीकरण नगरी व्यतित भएका बीमालेखको हकमा शतप्रतिशत विलम्ब शुल्क छुट गर्ने व्यवस्था गरेको जानकारी दिएको छ । यो योजना दुई वर्ष वा सोभन्दा कम समय व्यतित भएका बीमालेखमा मात्र लागू हुनेछ । यसका साथै बीमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा प्रदान गर्ने जानकारी कम्पनीले दिएको छ ।
हरेक नेपालीलाई बीमाको दायराभित्र ल्याई उनीहरू र उनीहरूसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बीमा अनिवार्य रहेको छ । अतः यसै कुरालाई मध्यनजर गरी रिलायन्स लाइफले आफ्ना ग्राहकवर्गको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी बीमालेख पुनर्जागरण अभियान सञ्चालन गरेको हो ।
उक्त पुनर्जागरण अभियान यही वैशाख ७ गते देखि २६ गतेसम्म आफ्नो व्यतित भइसकेका बीमालेखहरू विलम्ब शुल्कविना नै नवीकरण गर्ने व्यवस्था गरी आफ्ना ग्राहकहरूलाई सुनौलो मौकाको फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ । वैशाख २६, २०७९ सालसम्म मात्र यो अभियान सञ्चालन हुनेहुँदा समयमा नै आफ्नोे व्यतित भइसकेको बीमालेख नवीकरण गरी आफूलाई र आफ्ना परिवारलाई सुरक्षित गर्न कम्पनीले आग्रह गरेको छ ।