काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी पुनः राष्ट्र बैंकमा फर्किएका छन् । सरकारले चैत २५ गते गभर्नर अधिकारीलाई सरकारको गोप्य सूचना चुहाएको भन्दै निलम्बन गरेको थियो ।
सरकारले गरेको निलम्बनको उक्त निर्णय गैरकानुनी पूर्वाग्रही रहेको भन्दै गभर्नर अधिकारीले सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले दायर गरेको रिटमा मंगलबार सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै निलम्बनको निर्णय तत्काल कार्यान्वयनमा नल्याउन अन्तरिम आदेश जारी गरेसँगै गभर्नर अधिकारी नियमित काममा फर्किएका हुन् । १२ दिनपछि काममा फर्किएका गभर्नर अधिकारीलाई राष्ट्र बैंकका कर्मचारीहरूले फूलमाला र खादासहित स्वागत गरेका थिए ।