नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा दुई हजार ६७ जना संक्रमित भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणमा एक हजार दुई सय ४७ जना कोरोना भाइरसबाट संक्रमित भएको उल्लेख थियो । भारतमा अहिले १२ हजार तीन सय ४० जना कोरोना भाइरसका सक्रिय संक्रमितहरु रहेका छन् । पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ४७ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
महामारी सुरु भएदेखि अहिलेसम्म कुल चार करोड २५ लाख १३ हजार दुई सय ४८ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी कोरोनाका कारण अहिलेसम्म भारतमा पाँच लाख २२ हजार छ जनाको मृत्यु भएको छ । ती मध्ये ४० जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो । रासस/एएनआई