काठमाडौं । एनएमबी बैंकले प्रदेशस्तरीय कृषि कर्जा योजना सुरुवातको घोषणा गरेको छ । यो योजना वैशाख २ देखि असार ३२, २०७९ सम्मलागू हुनेछ । बैंकले प्रदेश १ को लागि पाथिभारा व्यावसायिक कृषि कर्जा, मधेश प्रदेशको लागि मधेश व्यावसायिक कृषि कर्जा, बागमती प्रदेशको लागि स्मार्ट कृषिकर्जा, गण्डकी प्रदेशको लागि गण्डकी व्यावसायिक कृषि कर्जा, लुम्बिनी प्रदेशको लागि बुद्धभूमि व्यावसायिक कृषि कर्जा, कर्णाली प्रदेशको लागी कर्णाली व्यावसायिक कृषि कर्जा र सुदूरपश्चिम प्रदेशको लागि सुदूरपश्चिम व्यावसायिक कृषि कर्जा योजना ल्याएको हो ।
यस कर्जा योजनाअन्तर्गत बैंकले स्थानीय कृषि उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सहज प्रक्रिया, सहुलियत ब्याज दर, प्रशाशनिक शुल्कमा सहुलियत, डेबिट कार्डमा सहुलियत, विमा तथा क्रेडिट कार्ड सुविधाजस्ता आकर्षण थपेको छ ।
ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यको रूपमा, एनएमबी बैंकले कृषि फाइनान्सिङलाई प्राथमिकता दिँदै आइरहेको छ र यो दिगो व्यवसायका लागि बैंकको रणनीतिक स्तम्भहरूमध्ये एक हो । दीर्घकालीन रणनीतिक उद्देश्यअनुरूप कृषिलाई केन्द्रमा राखी बैंकले समय समयमा यस्ता योजनाहरू प्रस्तुत गर्दै आइरहेको जानकारी गराएको छ ।
एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि बैंक अफ द इयर एसिया २०२१ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबीले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ । बैंकले हाल देशभरि दुई सय एक वटा शाखाहरू, एक सय ३९ वटा एटीएमहरू, ११ वटा एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।