काठमाडौं । यस साता सेयरबजार परिसूचक दुई हजार तीन सय २५ दशमलव ४५ विन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ४३ दशमलव १४ विन्दुमा पुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय ३३ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार एक लाख ५७ हजार चार सय छ पटकको कारोबारमा एक करोड ८० लाख ५७ हजार सात सय ३४ सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम सात अर्ब ३८ करोड ६१ लाख ८८ हजार छ सय ७३ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै दुई अर्ब रुपैयाँले बढी हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय ३७ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार एक लाख एक हजार २८ पटकको कारोबारमा एक करोड २२ लाख ७७ हजार पाँच सय एक कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम पाँच अर्ब २६ करोड १४ लाख ६९ हजार एक सय ५० रुपैयाँ पुुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष तीन कार्यदिन मात्र खुला रहेको थियो । जसमध्ये तेस्रो र पाचौँ दिन सेयर बजार परिसूचक उकालो लागेको थियो भने पहिलो, दोस्रो र चौथो दिन सेयर बजार परिसूचक ओरालो लागेको थियो ।
जसअनुसार पहिलो दिन बजार परिसूचक २९ दशमलव छ अंकले ओरालो लागेर दुई हजार तीन सय ८५ दशमलव ६४ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव १२ अंंकले ओरालो लागेर चार सय ५० दशमलव ९७ विन्दुमा झरेको थियो । दोस्रो दिन पनि बजार परिसूचक ४१ दशमलव ७७ अंकले ओरालो लागेर दुई हजार तीन सय ४३ दशमलव ८७ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ८२ अंंकले ओरालो लागेर चार सय ४४ दशमलव १५ विन्दुमा झरेको थियो । तेस्रो कारोबार दिन भने बजार परिसूचक १३ दशमलव ३७ अंकले उकालो लागेर दुई हजार तीन सय ५७ दशमलव २४ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६१ अंंकले उकालो लागेर चार सय ४७ दशमलव ७६ विन्दुमा चढेको थियो ।
चौथो कारोबार दिन भने बजार परिसूचक ३६ दशमलव ७३ अंकले ओरालो लागेर दुई हजार तीन सय २० दशमलव ५१ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ६९ अंंकले ओरालो लागेर चार सय ४१ दशमलव आठ विन्दुमा झरेकोे थियो । पाँचौँ कारोबार दिन भने बजार परिसूचक चार दशमलव ९४ अंकले उकालो लागेर दुई हजार तीन सय २५ दशमलव ४५ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव छ अंंकले उकालो लागेर चार सय ४३ दशमलव १४ विन्दुमा चढेकोे थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम, नबिल, बैंक आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।