काठमाडौैं । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको सुरुवाती कारोबार दिन आज आईतबार नैं बजार परिसचुक ९५ दशमलव ५२ अंकले उकालो लागेर २४ सय २० दशमलव ९६ बिन्दुमा चढेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १७ दशमलव ७४ अंकले उकालो लागेर चार सय ६० दशमलव ८८ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३८ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएको छ । जसबाट ४३ हजार चार सय ५० पटकको कारोबारमा ६६ लाख ३९ हजार पाँच सय चार कित्ता सेयर किनबेच भएको छ । सोही किनबेचको आधारमा आज कुल कारोबार रकम दुई अर्ब ५३ करोड १२ लाख ७५ हजार पाँच सय ९३ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहरु मध्ये सबै उपसमुहरुको सुचक उकालो लागेर सेयर बजार पुरै हरियो देखिएको छ ।