गण्डकी । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा पुतलीबजार नगरपालिका–९ मा सञ्चालित कोल्मा पोखरीछाप कम्युनिटी होमस्टेका सञ्चालकलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ ।
कोरोनाले पर्यटन क्षेत्र प्रभावित भएका अवस्थामा यसको पुनरुत्थानसँगै त्यहाँका होमस्टे सञ्चालकलाई व्यवसाय बढाउन सहयोग गर्ने उद्देश्यका साथ क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको टेवानका अध्यक्ष रेनु थापाले जानकारी दिइन् । तालिममा पोखरीछाप कम्युनिटी होमस्टेका ४० जनाको सहभागिता रहेको उनले बताइन् । कार्यक्रमका क्रममा पोखराबाट गएको पर्यटन व्यवसायीको टोलीले त्यहाँ सञ्चालित घरवास अवलोकन, दृश्यावलोकनसँगै मिलेनियम ट्रेकको अवस्था लगायतका विषयमा जानकारी लिएको थियो ।