काठमाडौं । नेपाली युवा उद्यमी मञ्चले आठौँ महिला–युवा उद्यमी सम्मेलन २०२२ आयोजना गरेको छ । मञ्चले शनिबार हायात प्लेस काठमाडौंमा उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रमको उद्घाटन उर्जामन्त्री पम्फा भुसालले गरेकी थिइन् ।
सम्मेलनमा कृषि, निर्माण कार्य, घरेलु तथा साना ब्यवसायीे शारिरिक व्यायाम, परामर्शदाता, अनुसन्धान क्षेत्रमा संलग्न युवा महिला तथा पुरुष उद्यमीहरुको, साथै उद्यमी बन्न चाहने विद्यार्थीहरुको पनि सहभागिता थियोे । उक्त कार्यक्रमको नारा ‘बियोन्ड ब्यारिअरस्’ राखिएको थियोे । अन्तर्राष्ट्रिय मजदुर संगठन, राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्स तथा अन्य प्रायोजकद्वारा उक्त कायक्रमको प्रायोजन गरीएको थियो । सो कार्यक्रममा एक सय ५० भन्दा बढी उद्योगी व्यवसायी, सम्बन्धित क्षेत्रका विज्ञ, नव उद्योग तथा विद्यार्थीहरुको उपस्थिति थियो ।
कार्यक्रममा आमाको अचारको तर्फबाट संगीता पाण्डे, महिला उद्यमी महासंघका अध्यक्ष निरु रायमाझी खत्री, गोल्डस्टारबाट विदुषी राना, एफवान सफ्ट इन्टरनेशनलबाट सुभाष शर्मा, दराज नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आचल कुँवरले आफ्ना अनुभव, कार्यशाला तथा विभिन्न प्रस्तुति दिएका थिए । महिला युवा उद्यमीको अगुवाईमा स्टार्टअप तथा नयाँ उद्यमहरुमा बिहे–नेपाल, एडुकेस, माकुसे र सुइरो आदि समेतको सहभागी थियो । नेपाली युवा उद्यमी मञ्च सन् २०१३ देखि महिला–युवा उद्यमी सम्मेलन आफ्नो एक गौरवशाली कार्यक्रमको रुपमा आयोजना गर्दै आएको छ ।