काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार तुलसीपुर बसोबास गर्ने बीमित स्व. केशव वलीको मृत्युपश्चात् बीमितका इच्छाएको व्यक्ति श्रीमती रूपा केसीलाई तुलसीपुर शाखाका शाखा प्रमुख सतिश कुमार धितालले एक कार्यक्रमका बीच मृत्युदाबीबापतको चार लाख ८५ हजार छ सय रुपैयाँबराबरको चेक हस्तान्तरण गरिएको हो ।
कम्पनीका अनुसार स्व. केशव वलीले बीमांक रकम चार लाखको गुराँस सावधिक जीवन बीमा गरेका थिए । कम्पनीको तुलसीपुर शाखाका प्रमुख धितालले जीवन बीमा बचत मात्र नभई आर्थिक क्षतिविरुद्धको सुरक्षा पनि भएकोले जीवन बीमा सबैका लागि आवश्यक रहेको बताए ।