काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आइतबार दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा वार्षिक साधारणसभा सम्पन्न गरेको जानकारी दिएको छ ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७–०७८ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीको २०औँ वार्षिक साधारणसभाबाट सात प्रतिशत बोनस सेयर र शून्य दशमलव ३६ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्ब सम्मतिबाट पारित भएको छ । साबिक एक अर्ब १० करोड ८५ लाख ४६ हजार पाँच सय ६० रुपैयाँ चुक्ता पुँजीबाट बोनस सेयर सेयरपश्चात् कम्पनीको चुक्ता पुँजी एक अर्ब १८ करोड ८१ लाख ४४ हजार आठ सय १९ रुपैयाँ पुग्नेछ ।