इस्लामावाद । संयुक्त राज्य अमेरिकाले पाकिस्तानलाई मध्यएसियाली देशहरुसँगको व्यापार सम्बन्ध सुधारमा सहयोग गर्ने भएको छ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी संस्था (यूएसएड) पाकिस्तानले क्षेत्रीय आर्थिक एकीकरण गतिविधि (प्रिया)अन्तर्गत रहेर सहयोग गर्ने भएको डनले जनाएको छ ।
यसअन्तर्गत पाकिस्तानी र मध्यएसियाली देशहरुको व्यावसायिक संघसंस्थाहरुलाई व्यापार प्रवर्द्धन, प्रदर्शनी र अन्य सम्बन्धित गतिविधिमा केन्द्रित गर्दैै देशहरुबीचको दुईपक्षीय व्यापार वृद्धिमा सहयोग उपलब्ध गराइनेछ ।यूएसएडको प्रियाको माध्यममार्फत मध्यएसियाली देशहरुसँगको पाकिस्तानको व्यापार आयतन सुधारमा अमेरिकाले सहयोग गर्नेछ ।
यो परियोजनाले पाकिस्तानी र मध्यएसियाली व्यवसायलाई व्यापार प्रवर्द्धन, व्यापार प्रदर्शनी आयोजना, व्यावसायिक फोरम, द्विपक्षीय व्यापार र साझेदारी, देशहरुबीच व्यापार र लगानीका लागि अवसर सिर्जनालगायत बढाउन सहयोग गर्ने कार्यवाहक कन्सुल जनरल गिबिलिस्कोले बताइन् । उनले १५० सार्वजनिक र निजी क्षेत्रका व्यावसायिक प्रतिनिधिसँग अन्तक्र्रिया गरेपछि यस्तो धारणा व्यक्त गरेको डनले जनाएको छ ।