काठमाडौं । जानकी फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच करोड २४ लाख ८३ हजार आठ सय ४५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा एक करोड ४७ लाख ५६ हजार पाँच सय नौ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ६९ करोड चार लाख ७२ हजार आठ सय रुपैयाँ रहेको फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन अर्ब सात करोड ५८ लाख ३९ हजार एक सय ३७ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ८७ करोड १९ लाख ७१ हजार सात सय छ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १४ करोड ७८ लाख ७६ हजार चार सय १७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा चार दशमलव ८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ९८ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले दुई अर्ब ९७ करोड ४९ लाख ३४ हजार छ सय ३७ रुपैैयाँ निक्षेप संकलन गरी दुई अर्ब ३० करोड ४० लाख ११ हजार छ सय ४३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड ८९ लाख ६४ हजार आठ सय आठ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा पाँच दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९८ प्रतिशत रहेको थियो ।