काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १५ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पाँच दशमलव १७ अंकले उकालो लागेर २३ सय ७६ दशमलव १७ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६१ अंकले उकालो लागेर चार सय ५४ दशमलव ५६ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २८ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसअन्तर्गत २३ हजार पाँच सय ३४ पटकको कारोबारमा २८ लाख ८५ हजार ३९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सो अनुरुप आज कुल सेयर कारोबार रकम एक अर्ब आठ करोड ९९ लाख ९२ हजार ३६ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज कारोबार भएका कुल उपसमुहहरु मध्ये चार वटा उपसमुहहरुको सुचक ओरालो लागेर बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छन् ।