काठमाडौं । सेयर बजार परिसचुक ओरालो लागेको छ । अघिल्लो दिन पाँच दशमलव १७ बिन्दुले उकालो लागेको सेयर बजार परिसचुक साताको अन्तिम कारोबार दिन आज बिहिबार भने २० अंकले ओरालो लागेर २३ सय ५६ दशमलव १७ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३२ अंकले ओरालो लागेर चार सय ५० दशमलव २४ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २६ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएको छ । जसबाट २८ हजार नौं सय १२ पटकको कारोबारमा ४५ लाख ७४ हजार पाँच सय २० कित्ता सेयर किनबेच भएको छ । सोही आधारमा आज एक अर्ब ४९ करोड त्६२ लाख ४६ हजार आठ सय आठ रुपैयाँको सेयर कारोबार हुन पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज निमिटेड (नेप्से) मा आज कारोबार भएका १३ वटा उपसमुहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक रातै देखिएको छ ।