काठमाडौं । यस साता सेयरबजार परिसूचक दुई हजार तीन सय ५६ दशमलव १७ विन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ५० दशमलव २४ विन्दुमा पुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय ३९ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार एक लाख ६७ हजार सात सय ९८ पटकको कारोबारमा दुई करोड २५ लाख ६६ हजार ६० सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम आठ अर्ब २० करोड ५७ लाख ८२ हजार ३६ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा एक अर्ब रुपैयाँले बढी हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय ३३ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार एक लाख ५७ हजार चार सय छ पटकको कारोबारमा एक करोड ८० लाख ५७ हजार सात सय ३४ शेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम सात अर्ब ३८ करोड ६१ लाख ८८ हजार छ सय ७३ रुपैयाँ पुगेको थियो ।
यो साता नेप्सेको नियमित कारोबारकक्ष पाँच कार्यदिन नै खुला रहेको थियो । जसमध्ये पहिलो र चौथो दिन सेयर बजार परिसूचक उकालो लागेको थियो भने दोस्रो, तेस्रो र पाँचौँ दिन सेयर बजार परिसूचक ओरालो लागेको थियो । जसअनुसार पहिलो दिन बजार परिसूचक ९५ दशमलव ५२ अंकले उकालो लागेर दुई हजार चार सय २० दशमलव ९६ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १७ दशमलव ७४ अंंकले उकालो लागेर चार सय ६० दसमलव ८८ विन्दुमा चढेको थियो । दोस्रो दिन भने बजार परिसूचक ३४ दशमलव ९५ अंकले ओरालो लागेर दुई हजार तीन सय ८६ दशमलव एक विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव १९ अंंकले ओरालो लागेर चार सय ५४ दशमलव ६९ विन्दुमा झरेको थियो ।
तेस्रो कारोबार दिन पनि बजार परिसूचक १५ दशमलव दुई अंकले ओरालो लागेर दुई हजार तीन सय ७० दशमलव ९९ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७४ अंंकले ओरालो लागेर चार सय ५२ दशमलव ९५ विन्दुमा झरेको थियो । चौथो कारोबार दिन भने बजार परिसूचक पाँच दशमलव १७ अंकले उकालोे लागेर दुई हजार तीन सय ७६ दशमलव १७ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६१ अंंकले उकालो लागेर चार सय ५४ दशमलव ५६ विन्दुमा चढेको थियो । पाँचौँ कारोबार दिन भने बजार परिसूचक २० अंकले ओरालो लागेर दुई हजार तीन सय ५६ दशमलव १७ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३२ अंंकले ओरालो लागेर चार सय ५० दशमलव २४ विन्दुमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेशनल हाईड्रो पावर कम्पनी, नेपाल टेलिकम, नबिल, बैंक आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।