अमेरिका । अर्बपति इलोन मस्कले ट्विटर किन्ने सहमति गरेपछि टेस्ला कम्पनीको ४ अर्ब डलरबराबरको सेयर बिक्री गरेको थाहा भएको छ । बीबीसीका अनुसार टेस्लाका प्रमुख कार्यकारी अधिकृत रहेका मस्कले ट्विटर खरिदको मञ्जुरी गरेको केही दिनपछि उक्त सेयर बिक्री गरेका हुन् । ४४ अर्ब डलरमा उनले ट्विटर किन्न सहमति दिएका थिए । सोसँगै त्यसका लागि आवश्यक रकममा सहयोग पुग्ने सोचेर उनले सेयर बिक्री गरेको अनुमान गरिएको छ ।
ट्विटरको बोर्डले भने सोमबार मस्कको ट्विटर किन्ने प्रस्ताव अनुमोदन गरेको थियो । पछि टेस्लाको सेयर घट्नथालेको थियो। उनले ट्विटरका लागि टेस्लाको सेयर बिक्री गर्ने भयको असर त्यसमा परेको देखिएको छ । तर पछि उनले टेस्लाको सेयर बिक्री नगर्ने बताएका थिए । मस्कले मंगलबार र बुधबार ४४ लाख डलरको सेयर बिक्री गरेको अमेरिकी धितोपत्र विनिमय आयोगमा बुझाएको कागजातमा उल्लेख छ ।